
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दु:ख व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले ट्वीटमा भन्नुभएको छ, “नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार १ उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दु:खी छु ।” निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।