२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



अ+ अ-

रुपन्देही । स्ववियुको चुनावमा भैरहवा बहुमुखी क्याम्पसबाट नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जितेको छ ।

बिहीबार दिउसो सार्वजनिक भएको मतपरिणामअनुसार भैरहवा क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल नै विजयी भएको हो ।

स्ववियु अध्यक्षमा अनेरास्ववियुका सागर न्यौपाने निर्वाचित भएका छन् । उनी प्रतिद्वन्दिको भन्दा १५३ मत बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।