१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सामाजिक सञ्जालले प्रवाह गर्ने भाष्य र फेक न्युज रोक्नुपर्छ– गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट प्रवाह हुने झुटो सूचना र गलत भाष्य निर्माणलाई रोक्न आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू गलत भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताएका हुन् ।

थापाले समुदायलाई त्यस्तो गलत सूचना प्रवाह गर्ने फेक न्युजबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने,’ विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ ।’