२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

क्यानले दुई महिना नपुग्दै मोन्टी देसाइको तलब २० प्रतिशतले बढायो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमको प्रशिक्षक मोन्टी देसाइको मासिक तलब २० प्रतिशत वृद्धि गरेको छ ।

क्यानको प्रशिक्षक देसाइसँग भएको सम्झौता अनुरुप उनको तलब बढ्न लागेको हो । क्यानले यसअघि नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने सम्झौता गरेको थियो । यसअघि देसाइले मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर(झन्डै १६ लाख नेपाली रुपैयाँ) पाउने छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ओडिआई मान्यतालाई निरन्तरता दिएपछि सम्झौता अनुसार तलब बढाउने कुरा भएको बताएका छन् । ‘शीर्ष तीनमा पुग्छौं भन्नेमा मैले कल्पना गरेको थिएन । ओडिआई मान्यता ७५ प्रतिशत जितेर लिन सक्छौं भन्ने थियो । ओडिआई बचाए मोन्टीको तलब बढाउने सम्झौता थियो । १०/१२ दिनको अभ्यासपछि मोन्टीले ओडिआई बचाउन सक्छु भन्ने आश्वासन दिएका थिए’, चन्दले भने,‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ । त्यसैले पूर्वशर्त अनुसार हामीले तलब वृद्धि गरेका छौँ’।

गत माघ २३ गते क्रिकेट संघले देसाइलाई प्रमुख प्रशिक्षकमा नियुक्ति गरेको थियो । मोन्टी नेपालको मुख्य प्रशिक्षक हुनुअघि लिग २ मा २४ खेलमा ८ जित र १४ मा हारसहित १८ अंकका साथ नेपाल तालिकाको छैटौं स्थानमा थियो । मोन्टीको प्रशिक्षणमा नै नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । यससँगै, ३६ खेलमा १९ जित र १५ हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रहि सिधै विश्वकप छनौटमा स्थान बनाउन सफल रह्यो।