२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विद्यार्थी संगठनबीच सहमति नजुट्दा कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित



अ+ अ-

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना रोकिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली क्याम्पसमा बुधबार अपराह्न ४ बजे सकिएको मतदान बिहीबार बिहानसम्म गणना हुन सकेको छैन । विद्यार्थी संगठनहरुबीच मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो ।

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका छन् । यस्तै, नेविसंघले पनि गणना क्याम्पसमै हुनुपर्ने माग गरेको छ ।

स्ववियु निर्वाचन समितिले मतगाणनाका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनसहितको बैठक बोलाइएको बताएको छ । बैठकपछि सहमतिमा मतगणना स्थल र समय निर्धारण गरिने बताईएको छ ।

स्ववियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसबाट दुई हजार तीन सय ६८ मत खसेको थियो ।