२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यलय काठमाडौँबाट म्याद लिन लागेको जनाएको छ ।

उनीहरुले प्रहरीसँगको बयानमा आफूहरु नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको र बैंकको ब्याज निकै महँगो भएकाले घटाउनुपर्ने आफूहरुको माग भएको बताएका छन् ।