१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपनिर्वाचनका लागि आजबाट दल दर्ता शुरु



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आजबाट उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।

वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको लागि चैत ८ देखि चैत १२ गतेसम्मको समय सीमा तोकेर आयोगले आजबाट दल दर्ता सुरु गरेको हो ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुदैँछ । गत मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए । तर लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, तनहुँ–१ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै ठाउँमा पदरिक्त भएको थियो । सोही रिक्त स्थानमा पदपूर्तिका लागि निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।