
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको पालुङटार नगरपालिकास्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो।
उक्त योजना भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने भएको छ । ८० करोड रुपैयाँ लागत छुट्याईएको योजनाको ठेक्का ३० महिनामा सक्ने गरी वूड हिल-लामा जेभी, महाराजगन्जले पाएको छ ।