२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारलाई दिएको समर्थन कबुलियतनामा होइन: डोलप्रसाद अर्याल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सरकारलाई दिएको समर्थन कबुलियतनामा नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको विश्वासको मत प्रस्तावका विषयमा भएको छलफलमा भाग लिँदै उहाँले सरकारलाई दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको मुद्दामा इमान गुमाएको दिन हामी प्रतिपक्षमा उभिनेछौँ ।”

आफ्नो पार्टीको पहलमा तयार भएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको आशमा आफूहरुले सरकारलाई विश्वासको मत दिने लागेको उहाँको भनाइ थियो ।

रास्वपा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा गएको तर अहिले अहिले सरकारबाट बाहिरिए पनि समर्थन कायम राखेकोको भन्दै उहाँले भन्नुभयो, “तर, हामीले कसैसँग गठबन्धन गरेका छैनौँ ।”

हाम्रै पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको भन्दै उपसभापति अर्यालले त्यो आम मानिसको मुद्दा हो भन्नुभयो। “सरकारको न्यूनतम साझा कार्यक्रमलाई निरन्तरता दिने विश्वासमा हामीले विश्वासको मत दिने आधार हो । हामी गुण र दोषको आधारमा सरकारको विरोध गर्छौं”, उहाँले भन्नुभयो ।