१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन् । आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले भुसाललाई पार्टी महासचिवमा मनोनित गरेको हो ।

यसअघि एकीकृत समाजवादीको महासचिव बेदुराम भूसाल रहेका थिए । उनी भने उपाध्यक्ष मनोनीत भएका छन् । घनश्यामलाई महासचिव तथा बेदुरामलाई उपाध्यक्षमा मनोनित गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

घनश्याम नेकपा एमाले छाडेर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र लडेका थिए । निर्वाचनमा पराजित भएपछि भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यस्तै, बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

समाजवादीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइ नसकेको खतिवडाले बताए ।