२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एभर्टनसँग बराबरीमा रोकियो चेल्सी, टोटेनहमले साउथह्याम्प्टनसँग अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ५२ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा एब्डोलाए डोउकोरेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

७६ औं मिनेटमा काई हाभेर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २–१ को स्थितीमा लगे । तर, ८९ औं मिनेटमा एलिस सिम्सले गोल गर्दै एभर्टनलाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै चेल्सी २७ खेलबाट ३८ अंकसहित १० औं स्थानमा रहँदा समान खेलबाट २६ अंकसहित एभर्टन १५ औं स्थानमा रहेको छ ।

साउथह्याम्प्टन र टोटेनहमको रोमाञ्चक बराबरी


यस्तै शनिबार राति नै भएको अर्को खेलमा साउथह्याम्प्टन र टोटेनहमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा पेड्रो पोरोले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा चे एडम्सले गोल गर्दै घरेलु टोली साउथह्याम्प्टनलाई १–१ को बराबरीमा ल्याए । ६५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता २–१ ले अघि बढाए ।

यस्तै ७४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै टोटेनहमलाई ३–१ को स्थितीमा पुर्याए । यता, खेलको ७७ औं मिनेटमा थिओ वाल्कटले गोल गर्दा साउथह्याम्प्टन २–३ को अवस्थामा आयो । खेल सकिनै लाग्दा इन्जुरी समयमा जेम्स वार्ड प्रोसले पेनाल्टीमार्फत गोल गर्दै साउथह्याम्प्टनलाई हारबाट जोगाए ।

यो नतिजासँगै टोटेनहम २८ खेलबाट ४९ अंकका साथ चौंथो स्थानमा रहेको छ । साउथह्याम्प्टन भने समान खेलबाट २३ अंकका साथ पुछारमा रहेको छ ।

ब्रेन्टफोर्ड र लेस्टरको बराबरी


यस्तै अर्को खेलमा ब्रेन्टफोर्ड र लेस्टर सिटीले बराबरी खेलेका छन् । दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ३२ औं मिनेटमा म्याथियस जेनसेनले गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ५२ औं मिनेटमा हार्वी बान्र्सले गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबैले एक–एक अंक बाँडे ।

बराबरीसँगै ब्रेन्टफोर्ड २७ खेलबाट ४२ अंकसहित तालिकाको ८ औं स्थानमा रहेको छ भने समान खेलबाट २५ अंकसहित लेस्टर १७ औं स्थानमा रहेको छ ।