
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान साढे १० बजे बैठक बोलाएको हो ।
यस्तैकांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । उक्त बैठक कार्य सम्पादन समितिको बैठक पछि बस्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ ।