
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश प्रमुखहरूले भेट गरेका छन् । काठमाडौँ आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको हो। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।