२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फ्रेन्ड्सको पहिलो जित, चर्च ब्वाईज संकटासँग रोकियो



अ+ अ-

काठमाडौँ । जावलाखेल युथ क्लवलाई पराजित गर्दै फ्रेन्ड्स क्लवले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च ब्वाईज र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न खेलमा फ्रेन्ड्स क्लवले जावलाखेल युथ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एकएक गोल गर्दा जावलाखेलका फोडे फोफानाले सान्तोवना गोल फर्काएका थिए ।

टोलीमा विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ खेलेको फ्रेन्ड्सले खेलको १९ औं मिनेटमा अग्रता निकालेको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले प्रहार शसक्त बल रोक्ने क्रममा जावलाखेलका गोलकिपर अनिश देउलाले पन्च गर्दै फालेको रिबाउण्ड बलमा राफिकले गोल गरेका हुन् । त्यसपछि दबाब दिएर खेलेको फ्रेन्ड्सले ४० औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान प्रकाशले लक्ष्मण रुचालले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा फ्रेन्ड्सले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको जावलाखेल खेलमा फर्किन अनेकौं प्रसास गर्दा ८७ औं मिनेटमा अग्रता छोट्याएको थियो । जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल अन्तर घटाएका थिए ।

फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो । इन्जुरी समयमा जवालाखेलका कप्तान सिमान्त थापा दोहोरो पहेँलोको कार्डको सामना गर्दै मैदान बाहिरिएपछि अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ । लिग अन्तर्गत मंगलवार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र संकटा क्लवले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । चर्च ब्वाईजमा अञ्जन बिष्टको आगमन भएको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो ।

दुवै टोलीले खेल अवधिभर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । यससँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले जारी लिगमा पहिलो बराबरी खेलेको छ । यसअघि चर्चले अघिल्लो तीन खेलमा सुखद् नतिजा निकाल्दै शीर्षता कायम राखेको थियो । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटाले ४ खेलमा ५ अंक जोडेको छ ।

लिगमा बुधवार दुई खेल हुनेछन् । पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लव र एपिएफ क्लव तथा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच खेल हुनेछ ।