काठमाडौँ । नेकपा (एमाले)को प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन भएका छन् । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आईतबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।
यस्तै, नेता ओलीले सचेतकमा प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नियुक्त गरेका छन् । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी सांसद हुन् ।