६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुपतिको उत्पत्ति कहिले भयो ?



अ+ अ-

वैदिक धर्म, सनातन संस्कृति, आर्य सभ्यता र दर्शन आदिमा पशुपतिको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको छ । पशुपतिलाई शिवरूपमा पूज्ने, आत्मा रुपमा चिन्तन गर्ने, ईश्वर संझेर उपासना गर्ने परम्परा आदिमकालदेखि थियो ।

पशुपतिले वाग्वती, कैलाश, मृगस्थली, अनेकौँ घाट र धाम, क्षेत्रलाई साथमा लिई नेपालमा बस्दा त्यही स्थानमा मूर्तिको स्थापना र मन्दिर निर्माण हुन पुग्यो । कहिले पुरिँदै, कहिले डुब्दै, कहिले उत्रँदै, कहिले मन्दिर र मूर्तिसहितका अनेक अवस्था पार गरेको इतिहास छ पशुपतिसँग । पशुपतिको कृपाले शिवपुरीमा उत्पत्ति भई वाग्वती बग्न थालिन्, अनेकौँ देवीदेवता दर्शनार्थ आए, ६४ शिवलिङ्गले बास गरे अिन नेपाल शैव क्षेत्र भयो ।

पशुपतिको ज्योतिरूप कहिले प्रकट भयो, पहिलो मूर्ति कसले, कुन मितिमा निर्माण गरे एकीन प्रमाणहरू भेटिँदैनन् । नागदहले उपत्यका डुबाउँदा पशुपतिको ज्योतिर्लिड्ड डुबेको वर्णन पशुपतिपुराण, हिमवत्खण्ड, विभिन्न वंशावलीहरूमा पाइन्छन् । वेदको संकलन, तन्त्रको प्रयोग, पुराण लेखनपूर्व यहाँ पशुपति थियो । गोपालवंशावलीमा नेप नाम गरेका गोपाल राजाको समयमा पशुपतिको ज्योति प्रकट भए पनि तिथिमिति एकीन छैन ।

शुक्लयजुर्वेद (१६।२८)मा पशुपतये च नमो…., शुक्लयजुर्वेद (१६.४०)मा शंकराय च पशुपतये च नम:…, शुक्लयजुर्वेदको (२४.३, ३९.९), पशुनामधिप असत्….अथर्ववेद (१८.३१.२) आदिमा पशुपतिका चर्चा छन् । अथर्ववेद(११.२.५–६)मा भनिएको छ ‘हे पशुपति – तपाईका मुख, तीन आँखा, छाला, रूप, अड्ड, पेट, दाँत र नाकलाई नमस्कार छ ।’

पशुपतिलाई साकार वा निराकार रूपमा वैदिकालदेखि चिन्तन गरिन्थ्यो भन्ने प्रमाण वेदका मन्त्रहरूबाट पुष्टि हुन्छन् । पुराणहरुले ब्रह्मा, विष्णु र इन्द्रद्वारा पशुपतिको मूर्ति स्थापना गरेका बताउँछन् । पहिलोपटक राजा सुपुष्पदेवले पशुपतिको मन्दिर निर्माण गराए पनि तिथिमिति प्रष्ट छैन । त्रेतायुगमा दशरथ तथा भगवान् राम पशुपति दर्शन गर्न आएको चर्चा छ ।

महाभारतअनुसार वनवासका क्रममा अर्जुन पाशुपतक्षेत्रमा आएका थिए । गणितीय हिसाबले अर्जुन आजभन्दा करिब पाँच हजार वर्ष पहिले पशुपतिमा आएको देखिन्छ । भारतमा रहेका १२ ज्योतिर्लिड्डको मूलआधार नेपालमा रहेका पशुति नै महाज्योर्तिलिड्ड अर्थात् पूर्णज्योर्तिलिड्ड हुनुहुन्छ ।

ज्योतिर्लिड्डकै उत्पत्ति भएको मिति छैन भने महाज्योतिर्लिड्ड (पशुपति)को जन्म मिति कसरी नाप्ने ?

सर्वसाधारणले महाज्योतिर्लिड्डको दर्शन गर्न सकूँन् भनी ब्रम्हाजीले शिला (ढुड्डा)को शिवलिड्ड बनाई पाशुपतक्षेत्रमा रहेको महाज्योतिर्लिड्डलाई ढाकिदिनुभयो । विष्णुले त्यसमाथि इन्द्रनीलमणिको पञ्चमुखाकृति शिवलिड्ड स्थापना गर्नुभयो । यसकारण पशुपतिको पञ्चमुखाकृति लिड्डलाई ब्रम्हाविष्णुशिवात्मक लिड्ड भनिन्छ । ऋषि, देवीदेवता, साधुसन्त, महापुरुषले आर्यावर्तका अनेकौँ स्थानमा शिवलिड्ड स्थापना गरेका थिए ।

सृष्टिकर्ता, जगत्पालक र स्वर्गका राजाले स्थापना गरेको ब्रम्हाण्डमा पशुपतिबाहेक अन्य मन्दिर छैन । यसैले पशुपतिलाई महाज्योतिर्लिड्ड भनियो । प्राचीन शिवलिड्ड अहिले पशुपतिमा उपलब्ध नभए पनि वर्तमान विग्रह त्यही अनुरूपकै थियो भन्न सकिन्छ । नेपालमाहात्म्यका अनुसार पवित्रतम पाशुपतक्षेत्रमा श्लेष्मान्तक नाम गरेका नागराजले पशुपतिको हजार वर्षसम्म कठोर तपस्या गरे । श्लेष्मान्तकको तपस्याबाट शङ्गर प्रसन्न भई वरदान दिन पार्वतीका साथमा प्रकट हुनुभयो । भोलेनाथले श्लेष्मान्तकलाई वरदान दिँदै ‘तिम्रै नामबाट यो वन प्रसिद्ध हुनेछ भन्नुभयो । उनैको नामबाट यस वनको नाम श्लेष्मान्तक रहेको हो । श्लेष्मान्तक ऋषिले सत्ययुगमा तपस्यास्थल बनाएका हुनाले पशुपतिको उत्पत्ति प्राचीन देखिन्छ ।

सत्ययुगमा भोलेनाथले पाशुपतक्षेत्रलाई क्रीडास्थल, भ्रमणस्थल, निबासस्थल बनाउनुभएको थियो । उहाँले मार्गकृष्ण चतुर्दशी (बालाचतुर्दशी)का दिन एक सिड्डेमृग भई विहार गर्न थाल्नुभयो । पार्वती वाग्वतीका किनारमा गुह्वेश्वरीका रूपमा रहनुभयो । पार्वतीसहित महादेव कैलाशमा लामो समयसम्म नहुँदा सबैतिर शून्य हुन थाल्यो । उहाँहरूलाई खोज्दै देवताहरू श्लेष्मान्तक वनमा आइपुगे । वाग्वतीका किनारमा तपस्यारत एक कन्या माता पार्वती हो भनी चिनेर “शङ्गर कहाँ हुनुहुन्छ ?” भनी ब्रम्हा, विष्णु र इन्द्रले सोध्नुभयो ।

पार्वतीले “वाग्वती नदीको नैर्ऋत्य दिशामा अनेक फूलले शोभायमान वनमा एक सिड्डे मृग भई विहार गरिरहनुभएको ” जानकारी दिनुभयो ।

मृगस्थलीमा देवताहरूले खोज्दै जाँदा मृगरूपी महादेवलाई देखे । देवताहरूसहित ब्रम्हा, विष्णु र इन्द्रले उहाँलाई खुसी पार्न स्तुति गर्नुभयो । अनेकौँ प्रयास गर्दा पनि शङ्गरजीले मृगरूप नछोडेपछि ब्रम्हादि देवताहरूले आपसी सल्लाह गरी समात्ने कोशिस गर्नुभयो । दैवसंयोग पक्रनेबित्तिकै मृगरूपी शङ्गरको सिड्ड भाँचिएर तीन टुक्रा भयो । इन्द्रको हातमा सिड्डको टुप्पो, ब्रम्हाको हातमा सिड्डको बीच भाग तथा विष्णुको हातमा सिड्डको फेद पर्‍यो । अब उहाँहरूलाई झन् समस्या आइलाग्यो । कसो गर्ने भनी महादेवको स्तुति गर्न थाले । स्तुतिबाट प्रसन्न भोलेबाबाले भन्नुभयो–

त्वत्करस्थमिदं श्रृड्डं हारिणं मम मध्यमम् ।
अत्रैव स्थाप्यतां ब्रéन् निर्मले निम्नगातटे ।।
त्वत्करस्थमिदं विष्णो श्रृड्डमूलं सुशोभनम् ।
नीत्वा रसातले रम्ये स्थापनीयं प्रयत्नत: ।।
श्रृड्डाग्रं हारिणं पुण्यं मामकं त्रिदशेश्वर ।
नीत्वा सुरालये रम्ये स्थापनीयं ममाùùज्ञया ।।
–पशुपतिपुराण (१८।७–११)

अर्थात् “हे ब्रम्हाजी – तपाईंका हातमा भएको सिड्ड वाग्वतीको किनार(गोकर्ण)मा राख्नुहोस् । हे विष्णु – तपाईंसँग भएको सिङ रसातलमा सुरक्षाका साथ राख्नुहोस् । हे इन्द्र – तपाईंसँग भएको सिङ स्वर्गमा लगेर स्थापना गर्नुहोस् ।” उहाँहरूले महादेवको आज्ञाअनुसार सिङ तत्तत् स्थानमा राख्नुभयो । यही समयमा महादेवले आफ्नो मृगको शरीरले मूर्ति बन्ने र त्यो चार मुखे मूर्ति चाँपको फेदमा रहने भविष्यवाणी गर्नुभयो । यो घटना सत्ययुगमा भएको वर्णन छ । ज्योतिषशास्त्रले कलियुगको आयु ४,३२,००० वर्ष बताएको छ । यसको दुई गुणा (८,६४,०००) द्वापर, ३ गुणा (१२,९६,०००) त्रेता र ४ गुणा (१७,२८,०००) सत्ययुगको अवधि हुन्छ । यो कुन कल्पको सत्ययुगमा भएको हो अनुमान गर्न गाह्रो छ तथापि पशुपतिको अस्तित्व प्राचीनतम भएको प्रष्ट छ ।

शिवपुराण (रुद्रसंहिता अध्याय नौ)मा पशु, पशुपतिका बारेमा व्यापक चर्चा छ । त्रिपुरशहरलाई नष्ट गर्न शङ्गरको नेतृत्वमा देवसेना सफल भएका थिए । सबै देवतालाई पशुभावमा राखेर शिव नै पशुपति भएको चर्चा यहाँ छ । यही समयदेखि उहाँलाई पशुपति भन्न थालिएको हो । परमात्मा शिवको उत्पत्तिको तिथिमिति आजको समयबाट गन्न र भन्न सकिँदैन । पशुपतिपछि कालको उत्पत्ति हुनाले ठोस मिति वा प्रमाण छैन । विक्रम सम्वत्, शालिवाहिनी शाके, सन्, नेपाल सम्वत्जस्ता संवत्हरूको प्रयोग निकैपछि हुनाले परमात्माको जन्मलाई नाप्न मिल्दैन ।

तिरोधानं गते लिड्डे तेजोरूपे हि तत्र च ।।
कामधेनु: समागत्य दुग्धं स्रवति नित्यश: ।
संस्नाप्य पशुपं देवमाप्लाव्य वाग्वतीजले ।।
– हिमवत्खण्ड (७७।२६–२७)

अर्थात् “ज्योतिर्लिड्ड माटाले पुरिनुका साथै त्यहाँ घाँस आदि उम्रियो । त्यस ठाउँमा हजारौँ वर्षसम्म कामधेनु गाईले नित्य वाग्वतीमा स्नान गरी दूध चढाउँथिन् ।” कुनै म्लेच्छले एक दिन कैली (बहुह्री नाम गरेकी) गाईले दूध चढाएको देख्यो र जिज्ञासा लागेर खन्दा अत्यन्त तेजोमय ज्योतिर्लिड्ड प्रकट हुनुभयो । यस लिड्डको तेजलाई सहन नसकेर म्लेच्छहरू त्यसैमा लीन भए ।

रत्नाकरले रामनामद्वारा वाल्मीकिमा रुपान्तरण गरे, कालीदासले देवीको कृपाबाट संस्कृतभाषाका आदिकवि बनेजस्तै म्लेच्छहरु खरानी बनेका होइनन् ज्योतिको दर्शनबाट ज्ञानी भएका हुन् । देवमालावंशावलीका अनुसार यो घटना द्वापरयुग ८४३ बाँकी रहँदा भएको थियो अर्थात् झण्डै पाँच हजार नौ सय वर्ष पहिले भएको थियो । पशुपतिपुराणका अनुसार आजभन्दा झण्डै पाँच हजारवर्ष पहिले पशुपतिलाई महाज्योतिर्लिड्ड स्वरूपमा ग्वालाले दर्शन गरेको प्रष्ट छ ।

श्रीकृष्णको जन्म द्वापरयुगको अन्ततिर भाद्रकृष्ण अष्टमीमा भएको थियो । उनका छोरा प्रद्युम्नले इन्द्रदमन राक्षसलाई मारेर नागदहको पानी खोलेपछि काठमाडौँउपत्यका बस्तीयोग्य भयो । विष्णुले लक्ष्मीलाई पत्नी रूपमा पाऊँ भनी पशुपतिको तपस्या गरेको वर्णन हिमवत्खण्डमा छ । यसबाट पशुपति महाज्योतिर्लिड्डको पूजा, उपासना धेरै पहिलेदेखि हुँदै आएको प्रष्ट हुन्छ ।

देवता, दानव, मानवहरूले आफ्नो इष्ट सिद्धिका लागि आदिमकालदेखि पशुपतिको साकार र निराकार, पार्थिव एवं ज्योतिस्वरूपमा पूजाआजा एवं चिन्तन गरे । डा. जगदीशचन्द्र रेग्मीज्यूले पशुपतिको मूर्ति स्थापना सन् ५३३ भन्दा पहिले भइसकेको बताउनुभएको छ । राष्ट्रियस्तरमा वृहत्तररूपले अनुसन्धान नहुनु, बाè अनुसन्धानकर्ता एवं धर्मावलम्बीले यसको उत्कर्ष नचाहनु, पुराणहरूले युगको वर्णन गरी मिति नतोक्नुजस्ता कारणले पशुपति उत्पत्तिको निश्चित तिथि, मिति भन्न सकिँदैन ।

पशुपतिको ज्योतिस्वरूपको उत्पत्तिलाई तिथिमितिमा मापन गर्न सकिँदैन । मूर्ति निर्माणका सम्बन्ध आधिकारिक खोज गर्न वैदिक शास्त्र, तन्त्रशास्त्र, इतिहास, विभिन्न वंशावली, स्थानीय आख्यान, पुरातत्व आदिको सहयोग लिन आवश्यक छ । मन्दिर निर्माण गोपालकालदेखि हुँदै आए पनि पशुपतित्वको उपासना, पूजन, चिन्तन वैदिककालदेखि थियो । देवीदेवता र ऋषिमुनिहरुसमेतले दर्शन तथा साधना गरेका हुँदा आदिम कालदेखि शिवस्वरुप पशुपति रहेको प्रष्ट हुन्छ ।

किरातकालमा मात्रै होइन लिच्छविकालका प्रसिद्ध राजाहरू मानदेव, अंशुवर्माको पालामा पशुपतिको महिमा उत्तिकै पाइन्छ । लिच्छविकालिक शिलालेखहरूको शिरोभागमा साँढे (नन्दी) बनाउने चलनले यहाँ शैव संस्कृतिको प्रभाव रहेको पुष्टि हुन्छ । जब मानिसको साधना र ब्रम्हचिन्तनप्रति मन जान छोड्यो त्यसपछि विभिन्न तीर्थस्थलमा मूर्ति निर्माण गर्ने होड चल्यो ।

यही परम्पराअनुसार वर्तमान पशुपतिको मूर्तिनिर्माण कलियुग प्रारम्भसँगै भएको बुझिन्छ । पशुपतिको सत्यतथ्य उत्पत्तिका बारेमा कि त मौन बहने पवित्रतम वाग्वती नदीलाई थाहा छ, कि त शान्त र सौम्य भएर कैयौँ समयदेखि पशुपतिलाई दर्शन गर्दै बसेका कैलाश र मृगस्थली पर्वतलाई ज्ञान छ, कि त मुक्ति र शक्ति दिने घाटहरुलाई अवगत छ, कि त अनादिदेव पशुपतिलाई नै जानकारी छ ।