१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) नेतृत्वको १० दलीय गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।

कार्यदलको संयोजकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सदस्यहरुमा गठबन्धनका सबै दलका दोस्रो तहका नेताहरु हुनुहुन्छ । संयोजक खड्काले शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कार्यदलको बैठक बोलाउनुभएको छ ।

सत्ता गठबन्धनबाट कसलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने भन्नेबार कुनै निर्णय भइसकेको छैन । कार्यदलको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने बताइएको छ ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । सत्ता गठबन्धनको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।