१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी



अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ ।

गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उहाँले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लाग्नुभएको हो । “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उहाँले भन्नुभयो, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।”

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताउनुभयो । मल उत्पादनका लागि उहाँले बाख्रापालनसमेत गर्नुभएको छ । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । “रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उहाँले भन्नुभयो, “केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।”

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउनुहुन्छ । “अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन”, उहाँले भन्नुभयो, “तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।” उहाँले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताउनुभयो । “कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।” गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।” जोशीले गड्यौला र मल दुवै बिक्री गर्दैआउनु भएको छ । पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । “यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ”, जोशीले भन्नुभयो । रासस