१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सांस्कृतिक सम्पदा निर्माणमा काठमाडौँको मौलिक शैली चीनमा प्रवर्धन गर्न चाहन्छौँ — प्रमुख शाह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो ।

भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताउनुभयो । ‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ ।’

‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार बर्षभन्दा पनि पुरानो छ । काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले विर्सन हुँदैन ।’ उहाँले मौलिक आपसी सम्बन्धको नागरिक तहमा लाभ हुने विषयमा जोड दिनुभयो ।

भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताउनुभयो । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । ‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन् ।’ राजदूत सङ्को भनाइ छ ।

कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।
भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।