१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोसी ब्यारेजको विकल्पमा पुल



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपाल भारत सीमानामा नै निर्माण गरिएको कोसी ब्यारेजको सञ्चालन अवधि समाप्त भई जीर्ण भइसकेकाले जुनसुकै बेला ब्यारेजमा क्षति भई ठूलो दुर्घटना हुनसक्ने भएकाले त्यसको विकल्पमा नयाँ सडक र पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । 

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोसी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६० वर्ष नाघिसकेको छ । महानिर्देशक थापाले भन्नुभयो, “नयाँ पुल कोसी ब्यारेजभन्दा पाँच किलोमिटर उत्तर निर्माण गरिने गरी डिजाइन गरिएको छ ।” यो समाचारगोरखापत्र दैनिकमा छ ।