१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बर्नमाउथमाथि आर्सनलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा २–० गोलले पछि परेको आर्सनल नतिजा उल्ट्याएर जित निकाल्यो ।

आर्सनललाई जित दिलाउन थोमस पार्टे, बेन ह्वाइट र रेइस नेल्सनले गोल गरे । आर्सनलले सबै गोल दोस्रो हाफमा गरेको थियो । यता बर्नमाउथका लागि फिल बिलिङ र मार्कोस सेनेसीले गोल गर्दा एक समय पाहुना टोलीले शीर्षस्थानको आर्सनललाई निकै दबाबमा पारेको थियो ।

खेलको सुरुवातमै अर्थात् ९ सेकेन्डमै बिलिङले गोल गर्दै बर्नमाउथलाई सुरुवाती अग्रता दिलाए । यो गोल प्रिमियर लिग इतिहासकै दोस्रो सबैभन्दा छिटो गोल पनि बन्यो । यस्तै, ५७ औं मिनेटमा आर्सनलले अर्को गोल खान पुग्यो । सेनेसीले हेडमार्फत गोल गरे ।

६२ औं मिनेटमा पार्टेले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । कर्नरबाट आएको बललाई स्मिथ रोएले हेड गर्दै गोल गर्ने प्रयास गरेका थिए । यता अनमार्कमा रहेका पार्टेले सहजै गोल गरे । त्यसपछि ७० औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याए ।

आर्सनलले अन्तिम समयमा, अन्तिम मिनेटमा गोल गर्दै अविस्मरणीय जित निकाल्यो । ९७ औं मिनेटमा आर्सनलका कप्तान मार्टिन ओडेगार्डले कर्नर प्रहार गरे । बर्नमाउथका सेनेसीले उक्त कर्नरको बललाई हेड गर्दै क्लियर गर्न खोजे । तर नेल्सनले बललाई छातीले नियन्त्रण गर्दै सशक्त प्रहार गरे । उक्त बल गोलमा परिणत भयो ।

जितसँगै २६ खेलबाट ६३ अंकसहित आर्सनल शीर्षस्थानमा यथावत छ । पराजित बर्नमाउथ २५ खेलबाट २१ अंकसहित तालिकाको पुछारमा रहेको छ । यस्तै दोस्रो स्थानको सिटीको २६ खेलबाटै ५८ अंक छ ।