१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकताः पूर्वप्रम नेपाल



अ+ अ-

भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उहाँले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताउनुभएको हो । सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उहाँले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउँदै सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने भनाइ राख्नुभयो ।

“हामी सबैसँग मित्रता चाहन्छौँ, हाम्रो भूमिलाई पनि कसैले समस्यमा नपारिदिउन् भन्ने चाहन्छौँ, म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले अबको शिक्षा विश्वमा प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीहरुको चाहना भविष्यमा डाक्टर तथा इञ्जिनियरका साथै असल शिक्षक समेत बन्छु भन्ने हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष श्यामसुन्दर बस्नेत, प्रिन्सिपल तेजकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक पुरुषोत्तम बुढाथोकीले विद्यालयले संस्कारयुक्त शिक्षालाई जोड दिएको बताउननुभयो । त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस