१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पपुवा न्यूगिनीविरुद्ध नेपाललाई चौथो सफलता



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा कुशल मल्लले नेपाललाई चौथो विकेट दिलाएका हुन् । १९ बलमा ११ रन बनाएका आसाद भाला कुशलको बलबाट एलबिडब्ल्यू आउट भए ।

नेपालको लागि तेस्रो सफलता सोम्पाल कामिले दिलाएका थिए । उनले टोनि उरालाई ३९ रनमा आउट गराए । यस्तै, दोस्रो विकेट पनि कुशल मल्लले नै लिएका थिए । पपुवा न्युगिनीका सेसे बाउ कुशलको बलमा ११ रन बनाएर आसीफ शेखको डाईरेक्ट हिटमा रन आउट भएका थिए ।

स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरीगालाई एलबिडब्ल्यू आउट गराएका थिए । डोरीगा ४३ बलमा २६ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले २४ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।