१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्ववियु निर्वाचन: आज संगठन दर्ता, आइतबार मतदाता सूची सार्वजनिक



अ+ अ-

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आजबाट शुरू भएको छ ।स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचनमा भाग लिने विद्यार्थी संघ संगठनहरुले दर्ता गर्नुपर्ने छ ।

कार्यतालिकाअनुसार आइतबार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ ।

यस्तै, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला कार्यक्रम छ । सोही दिन ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

फागुन २९ दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, सोही दिन दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।

कार्यतालिकाअनुसार फागुन २९ गते दिउँसो २ देखि चैत २ गते राती १२ बजेसम्मको समयलाई मौन अवधि तोकिएको छ । निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यसै गरी उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य भने समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियु कार्यसमितिमा २ सय विद्यार्थी बराबर ११ सदस्यीय, २ सय एकदेखि १ हजारसम्म विद्यार्थी भए १३ जना, १ हजार १ देखि ३ हजारसम्म भए १९ जनाको र ३ हजार एकदेखि ५ हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेछ ।