१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौँ कन्टेनर फ्रेट स्टेसनको भौतिक निर्माण सम्पन्न



अ+ अ-

काठमाडौँ । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।

बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो । नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ । नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ । समितिले गृहकार्य समेत थालिसकेको छ ।

गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोकत्वमा समिति गठन गरी मोडालिटी तय गर्ने काम सुरु गरिएको जानकारी दिनुभयो । समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व रहनेभएको छ ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार समितिले सो सुक्खा बन्दरगाह कुन मोडेलमा कसरी सञ्चालन गर्नेबारे सुझावसहितको प्रतिवेदन दिनेछ । यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने अधिकारीहरूको भनाइ छ । मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले पूर्वाधार व्यवस्थापनको समस्या रहेको छ । मौजुदा सो समस्याको समाधानका लागि चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते सो बन्दरगाह निर्माणको शिलान्यास गर्दै यो बन्दरगाह सञ्चालनले विदेशी सामान निर्यात गर्न मात्रै होइन, स्वदेशी सामान आयात गर्ने ढोकासमेत खुल्ने विश्वास व्यक्त गर्नुभएको थियो । यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार र विश्व बैङ्कबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने थियो ।

कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, ‘‘यो मुलुकको भन्सार क्षेत्रकै लागि नयाँ प्रयोग हो । अहिलेसम्म सीमा नाकामा गरिने भन्सार जाँचपास अब काठमाडौँमा गरिने छ । मोडालिटी तय गर्न केही महिनाको समय लाग्न सक्छ ।’’ स्पष्ट मोडालिटी बिना हतारमा सञ्चालन गर्दा राम्रो प्रतिफल नआउन सक्छ उहाँले भन्नुभयो । उहाँका अनुसार चोभारमा सुक्खा बन्दरगाह निर्माण भइसकेपछि काठमाडौँ आउने मालबाहक सवारी साधनहरू वीरगञ्जमा रोकी भन्सार जाँच गराउनु पर्दैन, सीधै काठमाडौँ आइपुग्नेछ र यहाँ नै ती मालबाहक सवारी साधनहरुको भन्सार जाँच हुनेछ । उहाँले भन्नुभयो, ‘‘काठमाडौँ केन्द्रित भएर आउने कन्टेनरलाई सीमाका भन्सार नाकाहरूमा अतिरिक्त सिल लगाइन्छ जुन चोभारको सुक्खा बन्दरगाहमा तोडिन्छ । ’’

भन्सार विभागका महानिर्देशक यामलाल भुसालले चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालन गर्न विभागले कार्यदल गठन गरी भन्सार प्रयोजनको लागि कार्यविधि निर्माण गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चोभार सुक्खा बन्दरगाहको सञ्चालन हाम्रा लागि नयाँ प्रयोग हो । सीमा नाकाबाट चोभार आइपुग्ने मालवस्तुको कसरी व्यवस्थापन गर्ने, जाँचपास गर्ने, राजस्व सङ्कलन गर्नेलगायतको विषयलाई सम्बोधन गर्न विभागले कार्यविधि तयार गरिरहेको छ ।’’, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।