१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

युवक मृत्यु प्रकरण: १२ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए । शनिबार आफ्नो घर दशरथचन्द –१० खडेनीबाट वनभोज मनाउने भन्दै उनी ११ साथीसँग म१ज २२२ नंको जिपमा चौलानी किनार गएका थिए ।