
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने दाबी गर्नुभएको छ ।
ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो ‘अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। उहाँले पुस १० गतेको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,। ’ आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे संञ्चारकर्मीले राखेको प्रश्नमा उहाँले भन्नुभयो आठ दललाई चिया खान बोलाएको जति सबै भोट हुन्छ?।’
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।