१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपत्यकामा मेट्रो रेल बनाउने नेतृत्व लिन चिरिबाबुको बालेनलाई पत्र



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गर्दै पत्र बुझाउनुभएको छ ।

उहाँले उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएको भन्दै संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ महानगरले मेट्रो रेलका लागि लिनुपर्ने बताउनुभयो । उहाँले यस कार्यमा ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगर प्रमुख बालेनलाई पत्र बुझाउँदै ललितपुर महानगर प्रमुख महर्जनले भन्नुभयो, “उपत्यकाका दुई महानगर बीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौँ । यसका लागि ललितपुर काठमाडौंको सहयात्री बन्छ । काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ ।” उहाँका अनुसार उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो पनि अपरिहार्य भइसकेको छ ।

उहाँले मेट्रो रेल बनाउन धेरै खर्च र समय लाग्ने भए पनि निर्णय नगर्नु किमार्थ ठिक नहुने भन्दै काठमाडौँ उपत्यकालाई बस्नयोग्य सहर बनाउन मेट्रो रेल नल्याई सुख नभएको बताउनुभयो ।
उनले मेट्रोको निर्माणमा ढिला गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताए । ‘अब पनि काठमाडौं उपत्यकामा मेट्रो नबनाउने हो भने सन्ततिले हामीलाई धिक्कार्छन्’ उनले भने ।

काठमाडौ महानगर प्रमुख बालेनले आफूलाई पनि काठमाडौँ उपत्यकामा मेट्रो रेल अत्यावश्यक भइसकेको महसुस भएको बताउनुभयो । उहाँले उपत्यकाका अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा योजनाबद्धरुपमा छलफल गर्ने जानकारी दिनुभयो ।

उहाँले काठमाडौं महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको तर दीर्घकालीन रुपमा हेरेर योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महर्जनलाई भन्नुभयो, “योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुशी र सुख दिन सक्दैन ।”