१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

७१ लाख ८० हजार सहित पटके हुण्डी कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भारत हिमाञ्चल प्रदेश घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने ४९ वर्षीय विजयकुमार गुप्तालाई गत सोमबार पक्राउ गरेको हो ।

उनी कुलेश्वरस्थित माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक हुन् । उनीबाट प्रहरीले ५७ लाख नगद र १४ लाख ८० हजार बराबरको चेक बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकूमा पठाइएको छ । उनले फलफूल व्यवसाय चलाएर लामो समयदेखि हुन्डी कारोबार गर्दै आएको खुलेको छ ।

उनलाई प्रहरीले २०७५ साल साउन ७ गते दुई लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको लागि उनलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको थियो प्रहरीले जनाएको छ ।