२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल



अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’मा उहाँले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्क्र्यौल गर्ने बताउनुभयो । उहाँले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाउनुभयो । सरकारले जुन समुदायका लागि काम गर्न लागेको छ उक्त समुदायको सहभागितामा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुशासन र पारदर्शीतामा काम गरिरहेको जनाउँदै जनताले सरकारको निगरानी राख्न पनि सूचनाको हक आवश्यक रहेको बताउनुभयो । व्यवस्था नै परिवर्तन भइसक्दा पनि प्रदेशमा सूचनाका लागि पुरानो प्रणाली प्रयोग गर्नु परेको उल्लेख गर्दै आयुक्त मैनालीले अब भने नयाँ कानुन निर्माण गर्न सरकारसमक्ष मागसमेत गर्नुभयो ।