१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महन्थलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेता धुम्वाराही पुगे



अ+ अ-

काठमाडौं । लोसपा नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

उनीहरु महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने मागसहित देउवा निवास धुम्वाराही पुगेका हुन् ।

भेटमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का पनि सहभागि थिए । भेटपश्चात् बाहिरिने क्रममा लोसपा नेता शरदसिं भण्डारीले कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । भण्डारीले देउवाको भनाई उद्धृत गर्दै भने , ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईँ/हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमतिको कुरा आएकोले भावी राष्ट्रपतिमा ठाकुर नै उपयुक्त रहेको भण्डारीले बताए ।