१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सहकारीलाई हचुवामा ब्रान्ड



अ+ अ-

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम ९प्रोबेसन० ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ। 

दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिनाको समाचार बाहिरिएसँगै नेफ्स्कुनको लेखापरीक्षणमाथि प्रश्न चिह्न खडा भएको छ। नेफ्स्कुनले प्रोबेसन ब्रान्डका लागि तीन÷तीन महिनामा नियमन गरी लेखापरीक्षण गर्छ। तर महाप्रभुको समस्या बाहिरिएसँगै नेफ्स्कुनले दिँदै आएको ब्रान्ड हचुवाको भरमा रहेको खुलेको हो। 

प्रोबेसन ब्रान्ड प्राप्त गर्न सहकारी लालायित हुन्छन्। कतिपय सहकारीले ब्रान्डका लागि धेरै प्रयत्न गर्दा पनि नेफ्स्कुनले अपनाउँदै आएको मापदण्ड पूरा गर्न नसकी ब्रान्ड प्राप्त गर्नबाट वञ्चित हुन्छन्। प्रोबेसनमा जाने सहकारीलाई नेफ्स्कुनले कारोबारका आधारमा ५० हजारभन्दा माथि शुल्क लिन्छ। कतिपय सहकारी ब्रान्डका लागि पैसा खर्च गर्न पनि उत्साहित हुन्छन्। 

महाप्रभु सहकारी गत पुस २७ गते अन्य तीन सहकारीसँग मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थियो। नेफ्स्कुनकै पदाधिकारीको उपस्थितिमा तामझामका साथ एकीकरण हुनुका साथै नेफ्स्कुनमै कार्यरत सीएसमेतले लेखापरीक्षण गरेको सहकारीमा समस्या देखिँदा प्रोबेसन ब्रान्डसमेत विवादित बन्दै गएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।