१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

२ बजे श्री एयरलाइन्सबाट सांसद भण्डारीलाई मुम्बई लगिँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिने भएको छ ।

बुधबार ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइते हुनुभएका भण्डारीलाई थप उपचारका लागि अहिले २ बजे उक्त विमानमार्फत मुम्बईको नेसनल बर्न सेन्टर लगिँदैछ ।

हाल कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि मुम्बई लैजान लागिएको हो ।

मुम्बई ६ चिकित्सकसहित ११ जाने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभएको छ । भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिज दिँदै मुम्बई लगिनेछ ।

ग्यास सिलिन्डर विष्फोटमा परी सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको छ ।