१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सीआईबीले बुझायो स्पट फिक्सिङसम्बन्धी अनुसन्धान प्रतिवेदन



अ+ अ-
 काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिलको कार्यालयमा सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको सो प्रतिवेदनमा १० जनालाई प्रतिवादी बनाइएको छ ।
उनीहरुलाई खेलकुद ऐनअनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि सीआईबीले गरेको छ । स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुने बताइएको छ ।
गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको नेपाली टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् । नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया पनि स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।