१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा तोडफोड



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ ।

विभागीय प्रमुख डा.ईश्वरी प्रसाद कँडेल कार्यालय हाताभित्रै रहेको बेला नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष बताउने शम्भुप्रसाद भट्टले आक्रमण गरी फर्निचरहरुमा क्षति पु-याएका छन् । डा.कँडेलमाथि भौतिक रुपमा आक्रमणको प्रयास समेत भएकोले ज्यान मार्ने उद्योगमा भट्ट विरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी समेत दर्ता भएको छ ।

अनेरास्ववियुको नाममा सुनिता बरालद्वारा हस्ताक्षरित पत्रमार्फत आर्थिक सहयोग गर्नेबारेमा विभागमा पत्र पठाएको र विभागीय प्रमुखले सार्वजनिक संस्थामा चन्दा दिन नमिल्ने बताउनुभएको थियो । सोही विषयलाई लिएर ज्यान मार्नका लागि तोडफोड गरिएको प्रहरी वृत्तमा डा.कँडेलले दिनुभएको जाहेरीमा उल्लेख छ।