
काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपनामल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध मंगलबार रिट दायर गरेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने अधिवक्ता पोखरेलको दाबी थियो ।