२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले ‘जात्रा’ देखायो – रामकुमारी झाँक्री(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गर्नु भएको छ ।

संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनु भयो ।

सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्याउनु भयो । उहाँले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो ।

सचिव झाँक्रीले भन्नु भयो, ‘अब जिम्मेवारपूर्ण ढंगले अघि बढने हो कि भन्ने लाग्छ । हाम्रा दलहरुका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन । संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विष बमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले जनतालाई निराश बनाएको छ । अहिले यसो गर्नका लागि अव धेरै कुरा बाहिर बोलेर होइन । चेन्ज हुने गरी गर्नु पर्दछ ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अव जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताउनु भयो ।