२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेले छट्टु काम गरेकै हो, हामी झुक्कियौँ: गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन टुटाउन नेकपा (एमाले) ले छट्टु काम गरेको टिप्पणी गर्नुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले पुस १० गते एमालेले कांग्रेसलाई सरकार गठनका लागि ३ बजे तयार भएर बस्नु हस्ताक्षर लिएर आउछौँ भनेको तर पछि छट्टु काम गरेर गठबन्धन टुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी १ बजेपछि एमाले आउँछ भनेर दंग परेर बस्यौँ। माओवादी साथीहरुलाई पनि एमालेले कांग्रेस छाडेर आउनुस् दिन्छौँ भनेकै हो । उहाँहरु ढुक्क भएर जानुभयो । एमालेले त्यो दिन छट्टु काम गरेकै हो । हामी झुक्कियौँ ।”

महामन्त्री थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । लाखौँ जनतालाई गठबन्धनको भारी बोलाएर अहिले जोगाउन नसकेपछि हामीले आत्मालोचना गरेर जनतासँग क्षमा माग्नुपर्छ भन्दै उहाँले भन्नुभयो, “हामीले हाम्रो निर्णय गलत थियो भन्नुपर्छ ।”

चुनावमा गठबन्धन गरेर जनताको मत हाल्ने अधिकारलाई समेत सीमित गरेको भन्दै उहाँले अहिले चुनावअघिको गठबन्धन जोगाउन नसकेको विषयमा पार्टीमा आरोपप्रत्यारोप चलेको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको भन्दै एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गर्नुभयो ।

एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ भन्दै उहाँले भन्नुभयो, “त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।”

बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले नेपाली कांग्रेस एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउन लाग्ने उल्लेख गर्दै कांग्रेसले आफ्नै उम्मेदवारका लागि भोट माग्ने बताउनुभयो ।