२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी



अ+ अ-

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ ।

मूल मन्दिरको पश्चिम भागमा फलामको सिँढी हटाएर सम्पदामैत्री काठको सिँढी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । यसबाट महाशिवरात्रिमा छोटो समयमा धेरै दर्शनार्थीलाई दर्शन गराउन सकिने विश्वास लिइएको छ ।

सम्पदामैत्री काठको सिँढी निर्माणमा नेपाली सेनाको कालीदल गणले पनि सहयोग गरेको कोष संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताउनुभयो । पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सौन्दर्यतामा असर नपर्ने गरी काठको सिँढी राखिएको हो ।

मूल मन्दिरको पश्चिम भागबाट अन्य भागमा पनि काठको सिँढीलाई विस्तार गर्ने योजना रहेको पनि कोषले जनाएको छ । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रका सम्पदामा रङरोगनका साथै मर्मत सम्भार पनि सुरु गरिएको छ ।