
सुर्खेत । जुम्लामा एक यूवकले आत्मदाहको प्रयास गरेका छन् ।
रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेका हुन् ।
४० वर्षीय कार्कीले जिल्ला प्रशासन कार्यालय अगाडि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको प्रहरीले बताएको छ । उनलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।