२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । अदालतबाट छ महिनाको कैद सजाय र रु ८ लाख १९ हजार रुपैयाँ जरिवाना फैसला भएका चौधरी अदालतको आदेशअनुसारको सजाय नभोगी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीले ट्र्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले कैद तथा जरिवाना सजायको फैसला गरेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाका प्रमुख र पछि प्रदेशसभा निर्वाचनमा पराजित भएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०६६ भदौ ३ गते कैलालीको गोरांगाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्र्याक्टरमा आगो लगाएको भनी ट्र्याक्टरधनी मोतिपुरका महादेव बजगाईंले बलिया गाविस–३ का पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध मुद्दा दायर गरेका थिए ।

ट्र्याक्टर चालक साजन चौधरीले उनीहरुले आफूलाई लखेटेर ट्र्याक्टरमा आगो लगाएको बयान दिएका थिए । अदालतले गरेको फैसला गरेको एक दशकसम्म आरोपितहरु फरार थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेका थिए । उनी पक्राउ परेलगत्तै फरार अर्का व्यक्ति सांसद चौधरी रहेको खुलेको थियो ।