
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वर्तमान सरकार संकटमा पर्ला जस्तो नलागेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीहरुको जिज्ञासमा सत्ता साझेदार दलहरुबीच राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनलाई लिएर खटपट बढिरहेको बेला यसैकारणले सरकार संकटमा नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्ला जस्तो मलाई लाग्दैन ।” वर्तमान शासन प्रणालीमै अस्थिरता रहेको भन्दै उहाँले प्रजातन्त्र प्राप्तिपछिका सरकार त्यसैले पूर्णकार्यकाल नचलेको उल्लेख गर्नुभयो ।