१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो



अ+ अ-

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटनाहरू लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, “म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नका लागि सबै आशा गुमाएको थिए ।” पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या सय पुगेको बताएका छन् ।

त्यसैगरी दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकहरूमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए जसमध्ये तीन सयदेखि चार सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।