१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म गठबन्धन नटुटोस् भन्ने आफ्नो कोसिस रहने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनः गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयकै कारण गठबन्धन नटुटोस् भन्ने चाहना रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकबाट निस्कँदै गर्दा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “हामी सल्लाह गर्दैछौँ, सकेसम्म यो गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ ।”

बैठकमा उहाँले सर्वोच्च अदालतबाट रवि लामिछानेको नागरिकतासम्बन्धको मुद्दाको फैसलाका पूर्ण पाठ अनाएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नलिने बताउनुभएको थियो ।