एजेन्सी । अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् ।
आइतबार मेलबर्नमा भएको फाइनलमा काजकिस्तानका स्टेनाफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । जोकोभिच ६–३, ७–६ र ७–६ को सेटमा विजयी भए । दोस्रो र तेस्रो सेट टाइब्रेकरमा पुगेको थियो ।
जोकोभिचले दशौँ पटक अस्ट्रेलियन ओपन टेनिस जितेका हुन् । योसँगै जोकोभिचले सर्वाधिक २२ वटा ग्रान्डस्लामको उपाधि जितेर राफायल नाडालसँगको रेकर्ड बराबरी गरेका छन् ।