
काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।
स्रोतका अनुसार लामिछाने आइतबार बिहान १० बजे बबरमहलस्थित काठमाडौं जिप्रका जान लागेका हुन् ।
सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया नपुर्याएकाले उनको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो ।
उक्त फैसलासँगै उनको उपप्रधान तथा गृहमन्त्री, सांसद पद तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सभापति पद गुमेको थियो ।