
काठमाडौँ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उनले राजीनामा बुझाएका हुन् ।
सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका लामिछानेको पद ३२ दिनमै गएको छ ।