२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरस्वती पूजा गर्न मन्दिरमा भीड– फोटोफिचर



अ+ अ-

काठमाडौँ । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ । वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ ।

आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ,मन्दिरमा पूजाआजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ ।

स्वयुम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकाहरुसहित आफन्तजनको भीड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास रही आएको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् । विद्या र सिर्जनाकी देवी भएकाले सबैले आफ्नोआफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।