१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेनः सदस्यसचिव घिसिङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताउनु भयो । उहाँले मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी परिषद्ले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको बताउनु भयो । उहाँले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको बताउनु भयो ।

उहाँले राज्यले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको बताउनु भयो । उहाँले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताउनु भयो । उहाँले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एशियन गेम्समा रहेका २३ वटा खेलहरुको ट्रेनिङ मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी हामीले बैठकमा निर्णय गरेका थियौँ । साथै अरु ४ वटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ । एउटा रणनीतिक सहभागिता आम सहभागिताका हिसावले सोचेका छौँ । रणनीतिक सहभागिता भनेको मेडलका लागि सम्भवना प्रवल भएको खेल र खेलाडीलाई रणनीतिक सम्भावनाको तयारीका साथ जुट्ने ।’

‘दक्षिण एशियाली खेलकुदको अनुभवले एशियन गेम्समामा आफूलाई निकै प्रतिष्पर्धात्मक रुपमा अघि निम्त्याउनका लागि ठूलो अनुभव आर्जन गर्न सक्नुहुन्छ । एउटा खेलाडी बराबर मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्नेछ । तर खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ । हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो । त्यो खेलाडीले देशलाई मेडल दिलाउँछ । खेलमा न राजनीति हुन्छ न अरु केही ।’

सदस्यसचिव घिसिङले खmेलाडी छनोट भनसुनका आधारमा गर्न थालेपनि राष्ट्रले शर्मनाक हार व्यहोर्ने बताउनु भयो । उहाँले अझैपनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको बताउनु भयो ।