२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देवराज घिमिरे सभामुखमा निर्वाचित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उहाँको पक्षमा १६७ मत परेको थियो । उहाँको विपक्षमा भने १०० मत परेको थियो ।

सभामुख पदका लागि घिमिरे र न्यौपाने उम्मेदवार हुनुहुन्थ्यो । कूल २७५ सांसदमध्ये मतदान प्रक्रियामा २६८ सांसदहरु उपस्थित हुनुहुन्थ्यो । मतदान प्रक्रियामा एक सांसद तटस्थ बस्नुभएको थियो । घिमिरेको पक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गर्नुभएको थियो ।

त्यस्तै सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसकी न्यौपानेलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । सुरुमा घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उहाँले बहुमत प्राप्त गरेपछि न्यौपानेको उम्मेदवारीमाथि छलफल नै भएन ।

हाल बहाल रहेको २६८ मध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो । नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनु भएको थियो । एमाले स्थायी कमिटीका सदस्य समेत रहनु भएका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

तस्बिरः रत्न श्रेष्ठ-रासस